नेपाल राहत शिक्षक समितिले शुक्लाफाँटा नगरपालिका मार्फत प्रधानमन्त्रि केपी शर्मा ओलीलाई ५ बुँदे माग सहित ज्ञापनपत्र बुझाएको छ। हालसम्म मन्त्रि र मन्त्रालयका कर्मचारीहरुलाई ४० हजार शिक्षकहरुको माग सम्बोधनका लागि पटकपटक आग्रह गरेपनि माग सुनुवाई नभएको भन्दै नगरपालिका मार्फत बिहिबार प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा भनिएको छ–“राहत शिक्षकलाई दरवन्दीमा परिणत गरी अस्थायी शिक्षकहरु जस्तै राहत शिक्षकहरुको मात्र आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गर्नुपर्ने,प्रतिस्पर्धामा सफल हुन नसक्ने वा प्रतिस्पर्धामा जान नचाहने शिक्षकलाई गोल्डेन हेन्डसेकको व्यवस्था गरिनुपर्ने माग नेपाल राहत शिक्षक समिति शुक्लाफाँटा नगरपालिकाका अध्यक्ष लोकेन्द्र कुँवर द्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा भनिएको छ,हामी राहत शिक्षकलाई स्थायी शिक्षक सरह सेवा,सुविधा प्रदान गरिनुपर्छ”।

यसैगरी सामुदायिक विद्यालयमा कार्यरत राहत दरवन्दीमा कार्यरत शिक्षकको मृत्यु भएका र अब उप्रान्त मृत्यु हुने शिक्षकको आश्रित परिवारलाई उचित राहतको व्यवस्था नेपाल सरकारको तर्फबाट गरिनुपर्ने कुँवरद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा बताइएको छ। यस्तै ज्ञापनपत्र बुझ्दै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले मुख्यमन्त्रि र प्रधानमन्त्रिको कार्यालयमा तदारुक्ताका साथ ज्ञापनपत्र पठाइने बताए।

प्रतिक्रिया दिनुस