स्थानीय बजारमा सुनचाँदीको भाउ निरन्तर उकालो लागेको छ । हिजो एकैदिन प्रतितोला १००० रुपैयाँले बढेको सुनको भाउ आज पनि तोलामा ९०० रुपैयाँ महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार ८९ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुन भने आज प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार गर्न सकिनेछ । यता, चाँदीको भाउ समेत तोलामा २० रुपैयाँ बढेको छ ।

बिहीबार एक हजार २६० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी आज शुक्रबार भने एक हजार २८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुस