बेलायती राजकुमार फिलिपको निधन भएको छ । फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ । फिलिप बेलायती महारानी एलिजाबेथ द्धितीयका पति हुनुहुन्थ्यो । महारानीले नै राजकुमार फिलिपको दुःखद निधन भएको बताएको बकिङघम प्यालेसलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

उनको बिहान वन्डिसोर क्यास्टलमा निधन भएको हो । लामो समयदेखि मुटुको समस्याबाट पीडित फिलिप गत फेब्रुअरीको मध्यतिर अस्पताल भर्ना भएका थिए। उहाँको निधनप्रति प्रधानमन्त्री बोरिस जोन्सनले फिलिप युवाहरुका उत्प्रेरक भएको प्रतिक्रिया दिनुभएको छ । राजकुमार फिलिप र राजकुमारी एलिजावेथबीच सन् १९४७ मा बिहे भएको थियो । त्यसको पाँच वर्षपछि सन् १९५२ मा राजकुमारी एलिजाबेथ महारानी बन्नु भएको थियो ।

प्रतिक्रिया दिनुस