कञ्चनपुरको बेदकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ। जन्मेदेखी १५ महिना सम्मका सम्पुर्ण बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरेकाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। नगरपालिका भित्रका ६ सय ३० जना बालबालिकाहरूले पूर्ण रूपमा खोप पाएका छन्।
खौजौ र खोपौँ अभियान अन्तर्गत सम्पुर्ण बालबालिकाहरुले रोग प्रतिरोधात्मक बिभिन्न ११ प्रकारका खोप पाएकाले यस वर्ष नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको प्रवक्ता नरेश बहादुर सिंहले जानकारी दिए। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले बालबालिकाहरूलाई खोपको पहुँचमा पु¥याईयो भने उनीहरू विभिन्न रोगबाट मुक्त हुनुका साथै उनीहरूमा रोग प्रतिरोधात्मक क्षमताको विकास हुने बताए।
कार्यक्रममा बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले नगरपालिकामा रहेका बालबालिकाहरूलाई विभिन्न खोपको मात्रा पुरा गरी पूर्ण खोप सुनिश्चित घोषणा गरिएको बताए। कार्यक्रममा ८४ जना स्वयंम सेविका, स्वास्थ्य संस्था र वडा कार्यालयलाई सुनिश्चितताका लागी सहयोग गरेको भन्दै प्रमाण पत्र समेत वितरण गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय अधिकारी प्रमुख पदम राज जोशी, जनस्वास्थ्य कार्यालयका कोल्टिन अधिकृत जनक बहादुर कुवर लगायत ,महिला स्वास्थ्य स्वास्थ्य स्वयम सेविका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुस