महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा कञ्चनपुरका थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परिक्षणमा भीमदत्त नगरपालिकामा ३ जना, दोधारा चाँदनी नगरपालिकामा १ जना र शुक्लाफाँटा नगरपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ४० पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको छ। सक्रिय संक्रमितको संख्या २५ रहेको छ भने, कोरोना बाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।
प्रतिक्रिया दिनुस