कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार शाझ गोदावरी नगरपालिका –८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वार्षिय आयुस जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो।

बालकको मृत्यु भएपछि आफन्तले स्याउले सडकमा चक्काजाम गरेका छन्। स्थानीयले ठक्कर दिने मोटरसाइकलको पहिचान गरिनुपर्ने माग राखेका छन्।

प्रतिक्रिया दिनुस