महाकाली नदिमा भारतिय पक्षले एकतर्फी रुपमा निर्माण गरेको तटबन्धको निरीक्षण गर्न नेपाली प्राविधिकको टोली कैलाली पुगेको छ। भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण गरेको हो। सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने भए पनि नेपाली पक्षसँग समन्वय नै नगरी भारतले तटबन्ध बनाएको छ।

उक्त विषयमा स्थलगत निरीक्षणको लागि नेपाल र भारतबाट ५–५ सदस्यीय प्राविधिकको टोली तयार गरिएको थियो । भारतीय टोली पनि सोमबारसम्म निर्माण स्थलमा पुग्ने बताइएको छ । काठमाडौंबाट ५ सदस्यीय टोली शनिबार बिहान धनगढी पुगेको हो । टोलीमा जयानन्द जोशी, कमल शाही, कपिल कुरुवाल, शहदेश घिमिरे र सुन्दर देवकोटा छन् । उक्त टोली शनिबार साझ दार्चुला प्रस्थान गर्ने छ ।

प्रतिक्रिया दिनुस