जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागी बैतडीबाट एक लाख बढी सहयोग प्राप्त भएको छ। रङ्गशाला निर्माण अभियानका लागि रोजगारीको सिलसिलामा मलेसियामा रहेका नेपालीहरुले १ लाख ३१ हजार बढी सहयोग गरेका हुन्।

मेलेसियाको केडा राज्यमा रहेको पानासोनिक सोलार कम्पनीमा कार्यरत नेपालीहरुको तर्फबाट १ लाख ३१ हजार १ सय ८८ रुपयाँ सहयोग संकलन गरिएको हो। संकलित रकम धुर्मुुुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरिएको सहयोग संकलन अभियान बैतडीका संयोजक केशवसिंह धामीले जानकारी दिए।

सो अभियानमा ४२ जनाले सहयोग गरेको उनले बताए। जनस्तरबाट निर्माण भईरहेको रङ्गशालामा विभिन्न क्षेत्रबाट सहयोग भईरहेको सन्दर्भमा आफूहरुले पनि सहयोग गरेको धामीले बताए। भन्नुभयो ‘थोेपा थोपा मिली समुद्र बने जस्तै केही सहयोेग होस भन्ने हेतुले हामीले सहयोग गरेका हौ। रङ्गशाला नेपालीहरुको गौरवको योजना भएकोले यसमा सबैलाई सहयोगका लागि अपिल गर्दछौं ।’

प्रतिक्रिया दिनुस