सुदूरपश्चिम राजधानी कप फुटबलको उपाधी बिवाईसी तेघरीले जितेको छ। शनिवार भएको फाईनल खेलमा माउन्ट एभरेस्ट मालाखेतीलाई १–० अन्तरले पराजित गर्दै बिवाईसीले उपाधि जितेको हो ।

बिवाईसीलाई जीत दिलाउन चेतनमान कठायतले निर्णायक गोल गरेका थिए । बिजेता बिवाईसीले नगद ४ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपबिजेतामा चित्त बुझाएको माउन्ट एभरेष्टले नगद २ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ । प्रतियोगिता गोदावरी नगरपालिका – ३ मा रहेको मालिका खेल मैदानमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुस