नेपालमा एकसिंगे गैँडाको संख्या सात सय ५२ पुगेको छ । ९ देखि २८ चैतसम्म गरिएको गैँडा गणनाको नतिजा शनिबार सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव विश्वनाथ ओलीले यसअघिको गणनामा भन्दा एक सय सातवटा गैँडा बढेको नयाँ तथ्यांक सार्वजनिक गरेका हुन् । गणनामा चितवन निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासको वनमा मात्र ६ सय ९४ वटा गैँडा भेटिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गरी सात सय ५२ गैँडा भएको तथ्यांकमा उल्लेख छ ।

यसअघि सन् २०१५ मा गैँडा गणना देशभरमा ६ सय ४५ वटा गैँडा भेटिएका थिए । उक्त गणनामा चितवनमा ६ सय पाँच, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए । नयाँ तथ्यांकअनुसार नेपालमा भेटिएका गैँडामध्ये एक सय ४६ भाले र एक सय ९८ पोथी छन् । चार सय आठको लिंग पहिचान नभएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । जसमध्ये पाँच सय २० वटा वयस्क, ९६ वटा अर्धवयस्क र एक सय ३६ केटाकेटी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुस