कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिता आगामी बैसाख १२ गते देखी सञ्चालन हुने भएको छ। शुक्रवार कंचनपुर फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले  २०७८ बैशाख १२ गतेदेखि जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो।

संघको हालै बसेको बैठकले फुटबल विकासका लागि आगामी दिनमा जिल्लाका नौ वटै स्थानीय तहसँग फुटबल प्रशिक्षकको व्यवस्थापनका लागि पहल गर्ने निर्णय गरेको बताइएको छ। त्यस्तै संघले बैशाख १८ गतेदेखि जिल्ला लिग फुटबल प्रतियोगिताको आयोजना गर्ने जनाएको हो।

प्रतिक्रिया दिनुस