राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ कञ्चनपुरको अध्यक्षमा हरि प्रशाद शर्मा चयन भएका छन। युवक संघ कञ्चनपुरको ७ औँ जिल्ला सम्मेलनबाट युवक संघको अध्यक्षमा शर्मा सर्वसम्मतबाट चयन भएका हुन।

उपाध्यक्ष गिता नेपाली, सचिव दशरथ सुवेदी, सह सचिव भुपेन्द्र भण्डारी, कोषाध्यक्ष विष्णू पन्त, सदस्य मानव विक, रावल श्रेष्ठ, देबु जैसी रहेका छन । बाँकी सदस्य पछि थपिने छ । अखिल नेपाल युवक संघ कञ्चनपुरका नव अध्यक्ष शर्माले संगठन विस्तारका साथै युवाका समस्या बारे संगठनले आवाज उठाउने प्रण गरेका छन।

अखिल नेपाल युवक संघका नि अध्यक्ष अमित कुवरको अध्यक्षतामा सम्पन्न भएको भेलामा अखिल नेपाल युवक संघका केन्दीय सचिव प्रशान्त थापाको प्रमुख आथित्य एव राष्ट्रिय जनमोर्चाका केन्दीय सल्लाहकार लोकेन्द्र प्रशाद लम्साल सहितका जनमोर्चा कञ्चनपुरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस