नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न आज पदाधिकारी बैठक बसेको हो। केन्द्रीय समितिको बैठक भने भोलि बस्दैछ। अहिले सुरु भएको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा भने उपस्थित् छैनन््।

उनी कार्यव्यस्तताको कारण आजको बैठकमा सहभागी हुन नसकेको जनाईएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं उपत्यका बाहिर भएको कारण उनीपनि आजको बैठकमा सहभागी भएका छैनन्। पछिल्लो समय कांग्रेसले वर्तमान केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाले पनि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालका नेताहरुसँग छलफल गरेका थिए।

प्रतिक्रिया दिनुस