नेपालमा पनि दोस्रो लहरको कोरोना संक्रमण बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । देशभरिका परीक्षण केन्द्रहरुबाट तीन हजार एक सय २५ नमुनाहरुको पिसिआर परीक्षण भएको थियो भने छ सय ९० जनाको एन्टिजेन्ट परीक्षण भएको थियो ।

पिसिआर विधिबाट तीन सय तीन र एन्टीजेन्ट विधिबाट ६४ गरी ३६७ जनाका कोरोना पुष्टि भएको हो । आज देशभरि ८३ जना क्वारेन्टिनमा रहेका छन् । २४ घण्टामा एक सय ४१ जना संक्रमित मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट ९७.९ प्रतिशत मानिसहरु मुक्त भएका छन् ।

आज देशभरि ८९ जना आइसियुमा भर्ना भएका मध्य १५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । गत विहिबारदेखि हालसम्म १४ हजार ७ सय ३४ मा पिसिआर परीक्षण गरिएको छ जसमध्य एक हजार दुई सय ६० जनामा संक्रमण पुष्टि भएको छ । चार सय ९८ जना कोरोना संक्रमण बाट मुक्त भई डिस्चार्ज भएका छन् । देशभरि सक्रिय संक्रमित दुई हजार नौ सय ६१ रहेको छ जसमध्ये संस्थागत आइसोलेसनमा तीन सय ९४ र हेम आइसोलेसनमा दुई हजार पाँच सय ६७ रहेका छन् ।

प्रतिक्रिया दिनुस