बैतडीमा नौ दिन देखी एक पुरुष बेपत्ता रहेका छन्। जिल्लाको पुर्चाेडी नगरपालिका –७ का ४६ वर्षीय ठगी साउँद विगत ९ दिन देखी बेपत्ता रहेका हुन्।

कामको सिलसिलामा बझाँङ दुर्गाथली गाउँपालिका –२ जुजीमा मजदुरी गर्दे आएका साउद चैत्र २२ गते राती ११ बजे बेपत्ता भएका थिए। उनिसँगै काम गर्दे आइरहेका गमी साउँदका अनुसार सोही राति सँगै खाना खाएर सुतिरहेका बेला बाहीर गएका उनि बेपत्ता भएका हुन्।

साउँद बेपत्ता भएको खबर पाएपछि आफुहरु खोजीका लागि बझाङका बिभिन्न ठाँउमा पुगेको स्थानीय सुरेन्द्रसिह साउँदले बताए। दुर्गाथली गाउपालिकाका बिभिन्न झङ्गल हुदै गाँउगाँउमा सोधीखोजी गर्दै हिँडिरहेको उनले बताए। गाँउबाट २५ जनाको समुह खोजीका लागि निस्केको र अहिले तीन टोली बनाएर खोजी कार्य भईरहेको भएपनि बेपत्ता साउँद फेला नपरेका बताइएको छ।

प्रहरीलाई लिखित रुपमा पनि जानकारी गराएको भएपनि खोजतलासमा सहयोग नगरेको उनिहरुको गुनासो छ। जिल्ला प्रहरी कार्यालय बझाँङले भने उनको खोजीकार्य जारी रहेको जनाएको छ। प्रहरी चौँकीमा फोटो पठाएर उक्त व्यक्ति देखीए खबर गर्न लगाइएको बझाँङ प्रहरीले जनाएको हो। साउँद गत मंसीर २८ गते दैनिक ज्यालादारीमा काम गर्न बझाङ गएका थिए ।

प्रतिक्रिया दिनुस