कञ्चनपुरमा ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन्। शनिबार जिल्लाको कृष्णपुर नगरपालिका–२ का २६ वर्षीय बिरेन्द्र नाथ र २२ वर्षीय श्याम गिरीलाई लागु औषधसहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको हो। विशेष सूचनाका आधारमा उनीहरुले चलाइरहेको म १ प ५७६१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा बाणीमा उनीहरुको साथबाट ३.८३ ग्राम ब्राउन सुगर फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए। पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुस