बालिका लगेर भारतमा बेच्ने कञ्चनपुरमा एक दम्पतीलाई प्रहरीले २५ वर्षपछि पक्राउ गरेको छ। २०५२ माघ २५ गते १५ वर्षीया बालिकालाई ललाई फकाई भारतको दिल्लीमा लगेर बेच्ने कार्यमा संलग्न रहेका पुर्नवास नगरपालिका – ४ बस्ने मानबहादुर थापा र उनकी श्रीमती सुकमाया तामाङलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको हो।
२०५४ सालमा जिल्ला अदालत कञ्चनपुरको फैसलाले उनीहरु विरुद्ध जीउ मास्ने बेच्ने मुद्दामा ५ वर्षको कैद सजाय सुनाएको थियो। त्यसपछि फरार सूचीमा रहेका दुवैलाई आइतबार पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।
प्रतिक्रिया दिनुस