कैलालीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका –३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। फागुनको पहिलो साता भारत बाट आएका उनिमा आइतबार कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।
कडा प्रकारको निमोनिया सहित अस्पताल आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको थियो। उनको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुस