मोहन चन्द, बैतडी, चैत्र ३०,बैतडीमा सञ्चालित संजिवनी नेपाल अन्तर्गतको पारस्परिक जवाफदेहिता परियोजनाले सदरमुकाम गोठलापानीमा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । बिगत लामो समयदेखि शुसासन र जवाफदेहिताको क्षेत्रमा काम गर्दै आएको संजीवनी नेपाल अन्तर्गत संचालित उक्त परियोजनाले सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरुसगं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो ।

कार्यक्रममा संजीवनी नेपालका जिल्ला कार्यक्रम अधिकृत शिव राज पनेरुले जिल्लामा थप ७ महिना काम गर्नको लागि परियोजना थपिएको बताए । अधिृकत पनेरुले थपिएको अबधिमा विशेष गरि परियोजना मानवाधिकार र शुसासनका क्षेत्रमा केन्द्रित हुने भएकाले सम्पुर्ण सरोकार वालाले आवश्यक सहकार्य र सहयोग गरिदिन सबैमा आग्रह गर्दै नयाँ बर्षको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुस