सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कञ्चनपुरका तिन सहित थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ७२ जनाको नमुना परिक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको सेति प्रादेशीक अस्पतालले जनाएको हो।
संक्रमण पुष्टि हुनेमो भिमदत्त नगरपालिका वडा नम्बर४ र १० का एक–एक जना र कृष्णपुर नगरपालिका–२ का एक जना रहेका छन्। त्यस्तै कैलालीको जोशीपुर गाउँपालिका–७ का तिन जना, जानकी गाँउपालिका –२ का एक जना र गोदावरी नगरपालिका –७ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सुचना अधिकारी श्रेष्ठले धनगढी उपमहानगरपालिका वडा नम्बर २,३,८ र १२ का एक–एक जना, टिकापुर नगरपालिका ९ का एक जना गोदावरी नगरपालिका ३ र ७ का एक–एक जनामा समेत संक्रमण पुष्टि भएको जानकारी दिए। अहिले अस्पतालमा कुल संक्रमित मध्ये २ जनालाई आइसियू , १ जनालाई भेन्टिलेटर र एक जनालाई आईशोलेशनमा राखिएको छ।