बैतडीको सिगास गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। गाउँपालिकाका सबै वडा पूर्ण खोप सुनिश्चित घोषणा भईसकेपछि आइतबार पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

शिवलिंग स्वास्थ्यचौकीका प्रमुख भीमसिंह ऐरका अनुसार दुई बर्ष मुनिका बालबालिकाहरुले पाउनुपर्ने सबै खोप पाए नपाएको अनुगमन गरेर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो। दुई बर्ष मुनिका बालबालिकाहरुलाई विभिन्न रोगबाट बचाउनका लागि बिसीजी, डिपीटी हेबबिहिब, रोटा, पोलियो, पीसीभी, दादुरा–रुबेला लगायतका खोप लगाउने गरिन्छ ।

पालिकाका सबै बालबालिकाहरुले यी सबै खोप पाएकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको ऐरले जानकारी दिए। यसअघि जिल्लाको शिवनाथ गाउँपालिकाले पनि पालिकाका सबै ६ ओटै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुस