सोमबार सेयर बजार २७ सय अंकको नजिक ऐतिहासिक बिन्दुमा पुगेको छ। १७.२ अंकले बढेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६९१ दशमलव ५५ बिन्दुमा पुगेको हो। पाँच कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरले बढेका छन्। एनआइसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ। १४० रुपैयाँले बढेको यसको सेयर मूल्य १५४५ रुपैयाँ पुगेको छ। महिला लघुवित्त वित्तीयको सेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ।

९२ रुपैयाँले बढेको यसको मूल्य १०१७ रुपैयाँ कायम भएको छ। छ्यांग्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ। २२ रुपैयाँले बढेको यसको सेयर मूल्य २४५ रुपैयाँ कायम भएको छ। ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य ४२ रुपैयाँले बढेर ४६८ रुपैयाँ कायम भएको छ। सिन्दु हाइड्रोको सेयर मूल्य २० रुपैयाँले बढेर २२४ रुपैयाँ छ। सबैभन्दा बढी माइफ्रोफाइनान्स समूहका कम्पनीको सेयर मूल्य बढेको छ। ३.६४ प्रतिशतले बढेको यो समूहको परिसूचक ५३७४ अंक पुगेको छ ।

ट्रेडिङ, होटल एन्ड टुरिजम्, हाइड्रोपावर, फाइनान्स, इनभेष्टमेन्ट र अन्य समूहका परिसूचक नकारात्मक छन्। यसबीच सबैभन्दा बढी कारोबार एनआइसी एसिया बैंकको भएको छ। २५ करोड रुपैयाँ बराबर कारोबार भएको यो बैंकको सेयर मूल्य ९४९ रुपैयाँ पुगेको छ। नबिल बैंकको सेयर कारोबार २४ करोड रुपैयाँ पुगेको छ। यो बैंकको सेयर मूल्य १३४८ रुपैयाँ छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर कारोबार २२ करोड रुपैयाँ छ। निफ्राको मूल्य ५८४ रुपैयाँ प्रति कित्ता छ। कूल सेयर कारोबार ७ अर्ब ६१ करोड रुपैयाँ छ। ८० हजार ९५९ पटकको कारोबारमा एक करोड ३८ लाख २१ हजार ५७३ कित्ता सेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुस