सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा कार्वाहीमा पर्ने भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका पार्टीका नेता एवं पूर्वमन्त्री बोहरालाई कारवाहीका लागि सिफारिस गरेको हो।

उनी अछाम निर्वाचन क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। तर उनी नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले चैत २५ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो। उनको कुनै जवाफ नआएपछि उनलाई राजनीतिक दल सम्बन्धी ऐन अनुसार कारबाहीको लागि केन्द्रीय समितिलाई सिफारिस गरिएको प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले जानकारी दिए।

सचिव चौधरीले चैत ३० गते कारवाहीको लागि केन्द्रीय समितिलाई सिफारिस गरेको बताए। पूर्वमन्त्री बोहराले गत पुस २२ गते पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुस