स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरस संक्रमणबाट १३ जनाको मृत्यु भएको जानकारी दिएको छ । सोमबार अपरान्ह मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १३ जनाले ज्यान गुमाएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार सय ९६ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जानकारी दियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । यसरी पछिल्लो २४ घण्टामा १ सय ३८ जना संक्रमित निको भएसँगै हालसम्मको संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको छ ।

प्रतिक्रिया दिनुस