७० तोला सुन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले सेफसहित ७ लाख रुपैयाँ चोरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा म्याग्दी मालिका गाउँपालिका–२ घर भई काठमाडौंको बालाजु बस्ने २८ वर्षीय दिलबहादुर पुन छन्।उनीमाथि गत फागुन १८ गते नवलपरासी गैंडाकोट नगरपालिका–५ कांग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलबाट ७० तोला बराबरका गरगहना र ७ लाख नगद चोरी गरेको आरोप छ। सोही आरोपमा प्रहरीले पुनलाई गत बिहीबार पक्राउ गरेको महाशाखाले जनाएको छ।

थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी पठाइएको छ।

प्रतिक्रिया दिनुस