कञ्चनपुरको दक्षिणी क्षेत्रबाट लगायत बिभिन्न ठाउँबाट सेटिङ्ग मिलाए् भैँसी तस्करी भईरहेको छ । नेपाली दलाल र प्रहरीसंगकै मिलोमतोमा खुलेयाम नेपालबाट भारत भैसी तस्करी भईरहेको छ । भारतीय भैसी तस्करले नेपालका विभिन्न स्थानकबाट दुध दिने भैसी खरिद गरेर जिल्लाका विभिन्न खुला नाकाबाट भैसी तस्करी गरिरहेका छन । दुधमा आत्मनिर्भर भईरहेको नेपालमा भारतीय भैसी तस्करले किसानका घर घरमा पुगेर खरिद गर्दै भारततिर तस्करी गरिरहेका छन ।
कञ्चनपुरको पूनर्वास, बेलौरी र बेलडाँडीका विभिन्न खुला सीमा नाकाबाट भैसी तस्करी हुँदा पनि सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका बिओपी र नेपाल प्रहरीका चौकीले रोक्न भन्दा छिट्टो सीमापार गराउने गरेको स्थानीय बताउँछन । एक स्थानीयका अनुसार भारतीय तस्करले लस्करका लस्कर भैसी लगेपनि प्रहरी र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीले उनीहरुलाई समान्य सोधपुछ समेत नगर्ने गरेको बताए ।

भारतीय भैसी तस्करको गिरोहले प्रहरीका हाकिमसंग सेटिङ्ग गरेर तस्करी गराउँदा सीमा क्षेत्रमा प्रहरीले रोक्ने प्रयास नगरेको स्थानीयको दावि छ । विगतका बर्षझै कोरोना कहरपछि पनि दुध दिने भैसी भारत तस्करी गर्न सहयोग गरेर नेपालको कृषि तथा उत्पादनलाई चुनौती दिदै तस्करी हुँदा प्रहरी र सशस्त्र प्रहरीको भूमिका संस्कापद रहेको स्थानीयको दुखेसो छ । नेपालका दुध दिने सबै भैसी भारत तस्करी भएपछि नेपालमा भारतीयले रेडिमेड दुध पठाएर नेपालीको जनस्वास्थ्यमा प्रभाव पारेको भन्दै स्थानीयले बिरोध गरेका छन ।

सरकारले कृषिमा जनतालाई आत्मनिर्भर बनाउने योजना अघि सारेका बेला प्रहरीका हाकिमहरुले भैसी तस्करसंग मिलेर दुदालु भैसी भारत पठान सघाएसंगै दुध उत्पादनमा ह्रास आउने स्थानीयको बुझाई छ । दिददाहदै भैसी तस्करी हुन थालेपछि स्थानीय चिन्तित भएका छन । कोरोना कहरसंगै विभिन्न देशबाट रोजगारी गुमाएर नेपाल फर्किएका युवाहरुलाई आत्मनिर्भर बनाउन कृषिमा उन्मुख गराउने बेला दुधे दिने बयस्क भैसी तस्करीले नेपालमा भैसीको मुल्य र दुध अभाव भएर त्यसबाट जनस्वास्थ्यमा असर परिरहेको छ । कञ्चनपुरको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको दरिलो उपस्थिति हुँदा पनि नेपालबाट भारत तस्करी र भारतबाट व्यवसायीक समान तस्करी भईरहेको छ । स्थानीय किसानले भैसी तस्करी नरोके आन्दोलनको चेतावनी दिएका छन । स्थानीय किसान सिरोमणी भट्टले दुदालु बयस्क भैसी तस्करी गर्न नहुने गर्नमा संलग्न व्यक्ति सरकारी निकायको भए सो कार्य अपराध भएको बताए । मिलोमतोमा हुने भैसी तस्करी रोक्नका लागि पहल नभएपछि नेपालको कृषि प्रंणालीलाई दिर्घकालिन प्रभाव पार्ने जानकार किसानको भनाई छ । भारतीय नागरिकले डो¥याएर भैसी तस्करी गर्दा कुनै स्थानीयले सोधपुछ गर्दा कहाँ भैसी लैजान लागेको भन्दै सोधपुछ गर्दा पर चलाउनका लागि भन्दै छल्ने गरेका छन ।
तस्करी रोक्न भन्दा पनि प्रहरी र सशस्त्र प्रहरीले लाईनका लागि समान पक्राउ गर्ने होडबाजी चलिरहेको छ । प्रहरीले सशस्त्र प्रहरीलाई तस्करबाट घुस लिएर सीमा क्षेत्रबाट तस्करीको समान छाडेपनि विच गाँउबाट समात्नुपर्ने बाध्यता रहेको बताईरहेका बेला सशस्त्र प्रहरीले पनि प्रहरीले तस्करबाट लाईनका लागि गाँउबाट समान बरामद गरिरहेको आरोप लगाएको छ । अहिले कञ्चनपुरमा तस्करको समान बरामदको विषयमा सशस्त्र र प्रहरीविच आरोप प्रत्यारोप चलिरहेको छ ।

खुलेयाम भारत भैँसी तस्करी भएपनि रोक्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारले मुख समेत खोलेका छैनन ।व्यवसायीले भने प्रहरी र सशस्त्र प्रहरीका कारण राजस्व छली भईरहेको भन्दै आरोप लगाएका छन । तर, कञ्चनपुर प्रहरीले भने भारततर्फ जाने सबै पशुचौपाया नियन्त्रणमा लिने गरेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले प्रहरीले सीमा क्षेत्रबाट नियन्त्रण भईरहेको बताए । उनले प्रहरीले तस्करसंग मिल्ने विषय नभएको दावि गरे्का छन । दिनदाहाडै भैसी तस्करी हुन थालेपछि किसान भने चिन्तित भएका छन । नेपालमा गाईगोरुको समस्या भएपनि भैसीको नभएको अवस्थामा दुधालु भैसी तस्करी भएर भैसीको संख्या घटिरहेको छ ।

प्रतिक्रिया दिनुस