विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना महामारीको अन्त्य हुन समय लाग्ने भन्दै चिन्ता व्यक्त गरेको छ। डब्ल्यूएचओका इपिडिमियोलोजिस्ट मारिया भानले कोरोनाको संक्रमण दर पछिल्लो हप्ता ९ प्रतिशत र मृत्युदर ५ प्रतिशतले बढेको जानकारी दिँदै संक्रमणलाई हलुका रुपमा नलिन आग्रह गरेकी छन् ।

विश्वमा कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको, ज्यान गुम्नेको संख्यामा उल्लेख्य वृद्धि भएको बताउँदैै डब्ल्यूएचओले स्वास्थ्य मापदण्डको पालना र आत्मसंयमता कायम गर्न भनेको छ । यसैबीच संगठनकाका प्रमुख डाक्टर टेड्रोस गेब्रियसले कोरोना महामारी अन्त्य हुन धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्न सुझाव दिएका छन् । महामारी नियन्त्रणको विकल्प स्वास्थ्य मापदण्डको पालना गर्नु नै रहेको उनको भनाइ छ । एजेन्सी

प्रतिक्रिया दिनुस