भारत उत्तराखण्ड स्थित पुर्णगिरी को दर्शन गरी नेपाल प्रवेश गरिरहेका भक्तजन माथि सशस्त्र प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवसायी आन्दोलित बनेका छन्। हरेक वर्ष फागु पूर्णामादेखि औँसीसम्म भारतको उत्तराखण्ड चम्वापत जिल्ला स्थित पुर्णागिरी र कञ्चनपुर ब्रमेदेव स्थित सिद्ध नाथ मन्दिरमा मेला लाग्दै आएको छ।
सीमा नाकामा सशस्त्र प्रहरीले दर्शनार्थीमाथि दुर्व्यवहार गरेको भन्दै ब्रम्हदेबका व्यवसायी भने आन्दोलित भएका हुन। सोमबार साँझ सशस्त्र प्रहरी ब्रम्हदेबका बिओपी इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक निरक शाहीले नेपालको सिद्ध नाथ मन्दिर आउने भारतीय दर्शनार्थीमाथि सीमा क्षेत्रमा दुर्व्यवहार गरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन। उनीहरूले सशस्त्र प्रहरी निरीक्षक शाही विरुद्ध बजारमा नाराबाजीका साथै नेपाल प्रहरीको चौकी घेराउ गरे।
केही दिन अघि पनि सशस्त्र प्रहरीले आफूखुसी माथिको आदेश भन्दै नाका बन्द गराउनेदेखि व्यवसायी धम्क्याउन थालेपछि ब्रम्हदेबका व्यवसायी सशस्त्र प्रहरीप्रति रुष्ट हुँदै गएका थिए। सशस्त्र प्रहरीले सीमा सुरक्षा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि भन्दा पनि दर्शनार्थीमाथी दुर्व्यवहार गरेपछि आन्दोलनमा उत्रिएको व्यवशायीहरुको भनाई छ। सिद्ध नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बीर ब. खडकाले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गलत भूमिका निर्वाह गरेको टिप्पणी गरेका छन। सीमा सुरक्षा एव तस्करी नियन्त्रण गर्नुको साटो दर्शनार्थीकमाथि सशस्त्र प्रहरीकै इन्चार्जले गर्ने दुर्व्यवहार निन्दनीय भएको  उनले बताए ।
ब्रम्हदेब बजार व्यवस्थापन समितिका अध्यक्ष मोहन देव पन्तले सीमा क्षेत्रमा हेल्थ डेस्क राख्नका लागि सशस्त्र प्रहरीले मन्दिर र बजार समितिलाई दबाब दिइरहेको बताए। सशस्त्र प्रहरी इन्चार्जको केटाकेटी पाराका कारण सीमा क्षेत्रमा विवाद आइरहेको उनेले आक्रोश पोखे। सशस्त्र प्रहरी इन्चार्जको भूमिका संस्कापद भएको भन्दै व्यवसायीले इन्चार्ज परिवर्तनको माग अघि सारेका छन। तर सशस्त्र प्रहरीले भने दुर्व्यवहार नभई स्वास्थ्यकर्मी नभएको अवस्थामा कोरोना रोकथामका लागि सीमामा आउजाउ रोकिएको जनाएको छ। भक्तजनहरूलाई सहजता प्रदान गर्न खोजिएको दाबी सशस्त्र प्रहरीको छ।
प्रतिक्रिया दिनुस