धनगढीमा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदा २ जना गम्भिर घाईते भएका छन् । यातायात ब्यवस्था कार्यालय धनगढी नजिक ट्रक र मोटरसाईकल एक आपसमा ठोकिन्दा मोटरसाईलमा सवार धनगढी उपमहानगरपालिका वडा नम्बर १ का रोशन तिम्लिसेना र ५ का हेमन्त ढकाल गम्भिर घाईते भएका हुन्।

बुधबार साझ ना ४ ख ८८७६ नम्बर ट्रक र विपरीत दिशाबाट आईरहेको से ७ प ६०२१ नम्बरको मोटर साईकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । घाईते दुवै जनाको निसर्ग अस्पतालमा उपचार भईरहेको छ भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुस