फाइल।

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेकाले सीमा नाकामा कडाइ गर्नुपर्ने बताएका छन्। विहीबार मीनभवनमा ‘मेरो कित्ता’प्रणालीको सुभारम्भ कार्यक्रममा बाल्दै प्रधानमन्त्री ओलीले सीमा नाकामा कडाई गर्ने अवस्था आएको बताएका हुन्।

प्रधानमन्त्रीले भने,– ‘सीमा नाकालाई कडाईका साथ हेर्नुपर्छ । हामीले कोरोना भ्याक्सिन ल्याएका छौं । कोरोना भ्याक्सिन लगाउने क्रम पनि चलिरहेको छ। तर, हाम्रोमा हिजो ६ सय बढीमा कोरोना संक्रमण देखिएको छ।’ नेपालमा कारोना संक्रमण बढिरहेको अवस्थामा त्यसको रोकथाम तथा नियन्त्रणका लागि सबैले साथ दिनुपर्ने पनि उनको भनाइ छ।

त्यस्तै, उनले नेपाल हरेक क्षेत्रमा एक पाइला अगाडि रहेको दाबी गर्दै अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रको रूपमा सिफारिस भइसकेको समेत दाबी गरे। यसैबीच उनले सन् २०३० भन्दा अगाडि नै नेपाल समृद्ध मुलुक भइसक्ने बताउँदै काममा कसैले ढिलासुस्ती गर्ने कार्यलाई स्वीकार्य हुन नसक्ने बताएका छन।

प्रतिक्रिया दिनुस