नेकपा एमालेका सांसद झपट रावल बसेको घरमा ढुंगा हानेको आरोपमा एक जना पक्राउ परेका छन्। अर्का एक जना फरार छन्। बिहीबार राज्य व्यवस्था समितिको बैठकमा रावलले बुधबार राति आफू बसेको घरमा ढुंगा हानिएको र १०० मा फोन गर्दा नउठेको गुनासो गरेका थिए।

महानगरीय प्रहरी परिसर, काठमाडौंमा फोन गरेपछि घटना भएको ४५ मिनेटपछि मात्र प्रहरी आइपुगेको उनले बताएका थिए। घटनामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले २२ वर्षका मनोज तामाङलाई पक्राउ गरेको छ। रामेछाप घर भई गठ्ठाघर बस्दै आएका उनीसँगै नसिन लिम्बुले राति सांसद रावल बसेको घरमा ढुंगा हानेका थिए।

तामाङका अनुसार उनीहरुले रावल बसेको घर अगाडि मोटरसाइकल पार्किङ गर्ने गरेका थिए। तर घरबेटीले पार्क नगर्न भनेको र बुधबार राति हावा खुस्काइदिएपछि ढुंगा हानेको तामाङले बताएको एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए।

प्रतिक्रिया दिनुस