फाइल।
महेन्द्रनगरमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा तिन जना घाइते भएका छन्। भीमदत्तनगरपालिका २ पुरानो मालपोत कार्यालय नजिक बिहीबार दिउँसो बा ६ च ६५३६ नम्बरको जिप र सुप्रप ०२००३ प २० ४५ नम्बर को मोटरसाइकल एक आपसमा ठोक्किदा तिन जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गम्भीर घाइते मोटरसाइकल चालक शुक्फाँटा नगरपालिका –७ का मीन बहादुर महराको धनगढीमा उपचार भइरहेको छ। जिपमा सवार सुक्लाफाँटा १ का विष्णु पन्त र सोही दुर्घटनामा घाइते साइकल यात्रु  भीमदत्त नगरपालिका –१० का नरेन्द्र सिह साउदको महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए। जिप र मोटरसाइकल प्रहरी नियन्त्रणमा राखिएको छ।
प्रतिक्रिया दिनुस