नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ५८८ जनामा आरटी पीसीआर र ५६४ जनामा एन्टिजेन गरी ४ हजार १५२ जनाको कोरोना परीक्षण गर्दा ५३४ जनामा कोरोना पुष्टि भएको हो। ४९० जनामा पीसीआर र ४४ जनामा एन्टिजेन पोजिटिभ आएको हो।

बिहीबार थपिएका संक्रमित मध्ये १९६ जना काठमाडौं उपत्यकाका छन्। भक्तपुरमा ८, ललितपुरमा ४३ र काठमाडौंमा १४५ जना रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ५४ जना पुगेको छ। यस्तै गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६६ पुगेको छ। गत २४ घण्टामा १५७ जना संक्रमित निको भएका छन्। योसँगै हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ। हाल देशभर ४ हजार ३८४ जना संक्रमित आइसोलेसनमा रहेका छन्।

ती मध्ये ३ हजार ८९४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९० जना संस्थागत आइसोलेसनमा छन्। देशभर ९१ जना आइसीयु र ३५ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ६८ जना क्वारेन्टाइनमा रहेका छन्।

प्रतिक्रिया दिनुस