कञ्चनपुरकोे बेलडाँडी गाँउपालिकामा रहेको सदाशिव कृषक समुहको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ। बेलडाँडी गाँउपालिका १ मा रहेको सदाशिव कृषक समुहको बिहीबार एक कार्यक्रमका विच साधारण सभा सम्पन्न भएको हो। बार्षिक साधारण सभामा कृषक समुहका सदस्य एव पदाधिकारीले ग्रामिण भेगका कृषकहरुलाई आत्मनिर्भर बनाउनका लागि कृषिमा आधुनिकरण एव लगानी आवश्यक रहेकोे औल्याएका छन।

सदाशिव कृषक समुहका सह सचिव मनोरज भट्टले कृषकलाई आत्मनिर्भर बनाउनका लागि समितिले सरकारी निकायसंग पहल गरिरहेको बताए। सह सचिव भट्टले कृषक समुहले सरस्वती मावि झर्नासागरको आँपखेती ठेक्का लिएको बताए। उनका अनुसार स्थानीयको एक हेक्टर जमिन भाडामा लिएर बेमौसमी तरकारी खेती गरिने छ। सह सचिव भट्टले हरेक किसानले मेहनत गर्दै कृषिमा आत्मनिर्भर बन्नुपर्नेमा जोडदिए । उनले एक बर्षको आयव्यय समेत प्रस्तुत गरेका छन। कार्यक्रममा प्रमुख अतिथि एव बेलडाँडी गाँउपालिका उप प्रमुख कमला कार्कीले योजना ल्याएर गाँउपालिका आए सहयोगको प्रतिबद्धता जाहेर गर्दै आत्मनिर्भर बन्नका लागि कृषिखेती गर्नुपर्नेमा जोड दिईन। सदाशिव कृषि सहकारीका अध्यक्ष स्ुरेश सिह ऐरीको सभापतित्वमा भएको कार्यक्रको संचालन सचिव दिपा भट्टले गरेकी थिईन। कार्यक्रमा कृषक समुहका सदस्य,पदाधिकारी, उपभोक्ता, जनप्रतिनिधी लगायत स्थानीय कृषकको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुस