सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडी जिल्लामा ‘म हिड्छु, मेरो प्रदेश हिड्छ’ अभियान सञ्चालनमा आएको छ। स्वास्थ्य कार्यालय बैतडीले ‘स्वस्थ जीवनशैली अपनाउने प्रतिबद्धता गरौ, निरोगी बनौँ, स्वास्थ्य प्रति जिम्मेवार, समृद्धिको आधार ’ भन्ने नाराका साथ अभियान सञ्चालनमा ल्याएको हो। उक्त अभियान अन्र्तगत जिल्लामा सरकारी कार्यालयहरुका सबै कर्मचारीहरुको नियमित स्वास्थ्य परिक्षणको काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
‘म हिड्छु, मेरो प्रदेश हिड्छ’ अभियान अन्र्तगत स्वास्थ्य कार्यालयले जिल्लाका सबै सरकारी कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरिरहेको हो । उनले भने‘कर्मचारीहरुको स्वास्थ्यजाँच गरी नसर्ने रोगहरुबाट बच्न स्वास्थ्य सल्लाह समेत प्रदान गरिरहेका छौं, नसर्ने रोगहरुबाट बच्नको लागि अपनाउन पर्ने स्वास्थ्य सावधानीका बारेमा जानकारी र सतर्कता अपनाउन प्रोत्साहन दिनको लागि स्वास्थ्य परिक्षणको काम जारी राखेका हौं।’
यस्तै अस्वस्थकर खानपिन, धुम्रपान तथा मद्यपानको प्रयोगबाट निम्तिने जोखिमपुर्ण ब्यबहार गर्न अभियानले मदत गर्ने अपेक्षा गरिएको छ। जिल्ला सदरमुकाममा रहेका बिभिन्न सरकारी कर्मचारीको सुगर, प्रेसर, शरीरको मोटोपना, मृगौला र कोलेस्ट्रोल आदीको चेकजाँच गरी समयमै रोग पत्ता लाग्ने र निवारणका लागी सहज हुने स्वास्थ्य कार्यालयले जनाएको छ। उक्त अभियानका लागि प्रदेश सरकारले ३ लाख बजेट विनियोजन गरेको छ। पहिलो चरणमा जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य परीक्षणको भइरहेको र दोस्रो चरणमा पालिकाका कर्मचारीको पनि स्वास्थ्य परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।