नेपालमा विगतमा चोरी भएर पश्चिमा मुलुकहरुमा ओसारप्रसार भएका मूर्तिहरु नेपालमा फिर्ता भएका छन् । विदेशमा पु¥याइएका सम्पदाहरुमा बेलायतबाट १९ थान, अष्ट्रिया र जर्मनीबाट एक एक थान, अमेरिकाबाट १० थान, तिब्बतबाट २८ थान मूर्तिहरु फिर्ता भएको पुरातत्व विभागले जानकारी दिएको हो । पाटनको मोमुडु गल्लीस्थित नारायण मन्दिरमा रहेको वासुदेव कमलाज ९लक्ष्मीनारायण०को मूर्ति हालै अमेरिकाबाट फिर्ता भएको थियो । १५ औं शताब्दीको उक्त मूर्ति सन् १९८४ मा चोरी भएर अमेरिकाको टेक्सासस्थित डल्लास म्यूजियममा राखिएको थियो ।

उक्त म्यूजियममा रहेको कुरा सन् २०२० मा इरिन एल थम्पसनले जानकारी दिएपछि फिर्ता ल्याउने शुरु भयो । गएको चैत ३१ गते नेपाल फिर्ता आएको यस मूर्तिलाई वैशाख २ गते पूरातत्व विभागले फिर्ता लिँदै पाटन संग्रहालयमा पठाउने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुस