कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९खल्लामछेट्टी सडक निरन्तर आक्र्रोस जारी रहेको छ । आन्दोलनको चेतावनी दिएको तीन दिन नबित्दै भीमदत्त नगरपालिका–९ ले वडा सचिव पाएको छ।

लामो समयदेखि रिक्त रहेको पदमा उपेन्द्र प्रसाद मिश्र खटिएसँगै वडाको प्रशासनिक सेवा पुनः सञ्चालनमा आएको छ। सचिव अभावका कारण सामान्य कामका लागि समेत स्थानीयले पटक–पटक धाउनुपरेको भन्दै असार २ गते वडावासीले ७ दिने अल्टिमेटमसहित तालाबन्दी र आन्दोलनको घोषणा गरेका थिए। दबाब बढेपछि नगरपालिकाले नयाँ सचिव पठाएको हो। यद्यपि, स्थानीयको आक्रोश भने पूर्ण रूपमा साम्य भएको छैन।

सचिव नियुक्त भए पनि ब्रह्मदेव–मुषेट्टी सडक खण्डको समस्या ज्यूँका त्यूँ रहेकाले आन्दोलनको अर्को मुख्य कारण अझै समाधान हुन सकेको छैन। स्थानीयले प्रशासनिक सेवा सहज बनेकोमा राहत महसुस गरे पनि सडक सुधारको माग तत्काल सम्बोधन हुनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुस