
कञ्चनपुर । कञ्चनपुर बेलडाँडी घर भएका पदम जोशी विशेषज्ञ डाक्टर बनेका छन । बेलडाँडी गाँउपालिका ३खैरिघाट घर भएका जोशी विशोषज्ञ डाक्टर बनेका हुन । यस अघि स्वास्थ्य चिकित्साशास्त्रमा (एमबिबिएस) गरेका जोशीले हालै एमडी गरेका छन ।
बीर अस्पतालबाट जोशीले शैक्षिक सत्र ०८२÷०८३मा रेडियोलोजीमा एमडी गरेका हुन । बेलडाँडीको खैरीघाटमा रहेको सिद्धनाथ माध्यामिक विद्यालयका पुर्व प्रद्यानाध्यापक रामलाल जोशी महिला समाजसेवी उमादेवी जोशीका जेष्ठपुत्र डा. जोशीले बाल विकासदेखि कक्षा ६सम्म गाँउकै ग्यालेक्सी विद्यालय र त्यसपछि महेन्द्रनगरको लिटिलबुद्ध एकेडेमी(एलबिए)मा अध्ययन गरेका थिए ।
सानैदेखि निकै मेहनती जोशीले कठोर उच्च चिकित्साशास्त्र विषेयज्ञ डाक्टर उत्र्तीण गरेपछि घर परिवारदेखि गाँउमा खुसियाली छाएको छ । ०६७ सालको एलएलसीपछि जोशीले चिकित्सा स्वास्थ्य शिक्षा अध्ययन गरेका थिए । केही समय अघि महाकाली अस्पतालमा समेत सेवा गरेका डा. जोशीले अब अध्ययनपछि पनि आफ्नै मातृभूमि सुुदूरमकै आएर नागरिकको सेवा गर्ने प्रण गरेका छन ।

