कञ्चनपुर । गत १ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश महाधिवेशनका क्रममा धनगढीस्थित रिद्धि–सिद्धि पार्टी प्यालेसमा भएको झडपबारे रास्वपा बझाङ्कका नेता भरतबहादुर बोहराले आफू पीडित भएको दाबी गर्दै घटनाको पृष्ठभूमि सार्वजनिक गरेका छन् । बोहराका अनुसार प्रदेश महाधिवेशनकै क्रममा रास्वपा नेता शैलेशकुमार सिंह र उनका समर्थकहरूसँग आफू तथा आफ्ना साथीसँग विवाद भई झडप भएको जनाएका छन ।

यो घटना तत्काल उत्पन्न नभई गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछिदेखि विकसित हुँदै आएको विवादको परिणाम भएको उनको भनाइ छ। बोहराले निर्वाचनका बेला बझाङको बुंगल नगरपालिकाको चुनावी संयोजकको जिम्मेवारी पाएको र व्यक्तिगत व्यवसायिक काम थाती राखी तन, मन र समयका साथै आफ्नै रकम खर्चेर अभियान सञ्चालन गरेको बताएका छन्। आफ्नो जिम्मेवारीअन्तर्गत खर्च भएको ६–७ लाख रुपैयाँको सम्पूर्ण हिसाब–किताब र प्रमाण सुरक्षित रहेको पनि उनले स्पष्ट पारेका छन्।

निर्वाचनपछि शैलेशकुमार सिंहले सार्वजनिक स्थलमै आफूले पैसा खाएको आरोप लगाउँदै आएको र त्यसकै कारण मानसिक दबाब र चरित्रहत्या भएको धामीको आरोप छ। खर्चको सम्पूर्ण विवरण देखाउन र चेकमार्फत रकम फिर्ता गर्नसमेत तयार रहेको बताउँदा पनि सिंहबाट गालीगलौज र अपमानजनक अभिव्यक्ति आएको उनको भनाइ छ। बोहराका अनुसार आफूलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्न नदिन पालिका र जिल्ला तहसम्म दबाब सिर्जना गरिएको थियो।

यही विषयमा छलफल भइरहँदा अधिवेशनस्थलमै सिंहबाट पहिलोपटक हातपात भएपछि झडपको स्थिति सिर्जना भएको उनले बताएका छन्। घटनामा दुवै पक्षका केही व्यक्ति घाइते भएका छन् भने आफू पनि चोटग्रस्त भई उपचाररत रहेको धामीले जनाएका छन्। घटनापछि गम्भीर घाइते भएका गोविन्द धामीलाई हिरासतमा राखिएको तर शैलेशकुमार सिंहलाई प्रहरीले बाटोबाटै छोडेको भन्दै उनले यसलाई शक्तिको दुरुपयोगको संज्ञा दिएका छन्।

आफूले कसैको पैसा वा कुनै सामान नलिएको र चुनावताका एक पैसा पनि नखाएको दाबी गर्दै उनले आत्मरक्षा मात्र गरेको बताएका छन्। बोहराले केही दिनभित्र न्यायको माग गर्दै अदालत जाने तयारी रहेको उल्लेख गर्दै सत्य र न्यायप्रति पूर्ण विश्वास रहेको बताएका छन्। साथै, यस घटनामा मिडिया ट्रायलका कारण भ्रम सिर्जना भई साथीभाइ, शुभेच्छुक र पार्टीलाई क्षति पुगेको भन्दै उनले दुःख व्यक्त गरेका छन्। उक्त घटनालाई लिएर स्थानीयदेखि ससदसम्मै आवाज उठान भईरहेको छ । यस विषयमा रास्वपाले के गर्छ त्यो नागरिक सर्वसाधारणले पर्खिरहेका छन ।

बोहराको स्टाटस जस्ताको त्यस्तै रिद्धि–सिद्धि पार्टी प्यालेस घटना ः सत्ता र शक्तिको दुरुपयोग आदरणीय शुभचिन्तक तथा सम्पूर्ण महानुभावहरूमा नमस्कार। हिजोसम्म विभिन्न माध्यमबाट भएका मिडिया ट्रायल र फैलाइएका अफवाहपछि घटनाको वास्तविक पृष्ठभूमि सार्वजनिक गर्नु आवश्यक ठानेको छु।

ड्ड घटनाको पृष्ठभूमि असार १ गते राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनका क्रममा धनगढीस्थित रिद्धि–सिद्धि पार्टी प्यालेसमा रास्वपा नेता शैलेश सिंह (गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार), उहाँका समर्थक र म तथा मलाई साथ दिने दाजुभाइहरूबीच विवाद भई झडप भएको हो। यो घटना तत्काल सिर्जना भएको नभई फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि विकसित हुँदै आएको विवादको परिणाम थियो।

ड्ड निर्वाचनमा मेरो भूमिका निर्वाचन परिचालन समितिले मलाई बझाङको बुंगल नगरपालिकाको चुनावी संयोजकको जिम्मेवारी दिएको थियो। मैले आफ्नो व्यवसायिक काम थाती राखेर तन, मन, समय र आफ्नै केही रकम खर्च गर्दै चुनावी अभियान सञ्चालन गरेको थिएँ। मेरो जिम्मेवारीअन्तर्गत भएको ६÷७ लाख रुपैयाँ खर्चको पाई–पाई हिसाब र प्रमाण आज पनि सुरक्षित छ।

ड्ड विवादको कारण निर्वाचनपछि शैलेश सिंहबाट सार्वजनिक स्थलमै ममाथि पैसा खाएको भन्ने आरोप लगाइँदै आएको थियो। त्यसपछि मैले उहाँलाई भेटेर सम्पूर्ण खर्चको हिसाब देखाउन र आफ्नो जिम्मेवारीअन्तर्गत भएको खर्चको जवाफ दिन उहाकै कलेज मा गएको थिए उल्टै मलाई मा चाची गाली गर्नु भो तेस्पछी , साथै चुनावमा मेरो हातबाट भएको खर्च चेकमार्फत फिर्ता गर्नसमेत तयार रहेको कुरा स्पष्ट पारेको थिएँ।

तर उहाँले बुंगलमा ३० लाख रुपैयाँ खर्च भएको तर मत सोचेअनुसार नआएको, “यसभन्दा त मत सिधै किनेको भए बढी मत आउने थियो” भन्ने अभिव्यक्ति दिँदै मतदातालाई समेत अपमानित हुने किसिमका कुरा गर्दै आउनुभएको थियो। त्यसपछि पनि मेरो चरित्रहत्या र मानसिक दबाब जारी रह्यो।

ड्ड अधिवेशनको घटना मलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्न नदिन पालिका सभापति, निर्वाचन संयोजक र जिल्ला प्रतिनिधिलाई दबाब सिर्जना गरी निज शैलेश सिंहले निरन्तर प्रयास गरेका थिए। सो कुरा जिल्ला तथा प्रदेशसम्मका नेताहरूलाई अवगत नै छ। यही विषय तथा विगतका विषयहरूमा कुराकानी हुँदा विवाद सिर्जना भएको थियो। यही पृष्ठभूमिमा अधिवेशनस्थलमा विवाद हुँदा शैलेश सिंहबाट ममाथि पहिलो पटक हातपात भएपछि झडपको स्थिति सिर्जना भएको थियो। घटनामा दुवै पक्षका व्यक्तिहरू घाइते भएका छन्। मलाई पनि चोट लागेको छ र म उपचार गराइरहेको छु।

ड्ड शक्तिको दुरुपयोग मसँग रहेका गोविन्द धामी (बुंगल नगरपालिका–२) गम्भीर घाइते हुँदाहुँदै पनि हिरासतमा छन्। उहाँको सिटी स्क्यान लगायत जाँच गरिएको भन्ने छ। बढी चोट लागेको व्यक्तिलाई नै हिरासतमा राखिनु र शैलेश सिंहलाई बाटोबाटै प्रहरीले छोडिनु शक्तिको दुरुपयोग भएको मेरो बुझाइ हो। ड्ड मेरो धारणा मैले कसैको पैसा, घडी, गाडी, मोबाइल वा कुनै पनि सामानमा हात लगाएको छैन। चुनावताका पनि मैले व्यक्तिगत रूपमा एक पैसा खाएको छैन। अरूको फोकटको पैसा खानु आमाको रगत खानुजस्तै हो भन्ने कुरामा म दृढ छु। मैले केवल आफ्नो आत्मरक्षा र प्रतिकार गरेको हुँ। म आफूलाई यस घटनाको पीडित ठान्छु।

ड्ड न्यायप्रति विश्वास म केही दिनभित्र न्यायको माग गर्दै स्वयं न्यायालयको ढोका ढकढक्याउनेछु। सत्य र न्यायप्रति मेरो पूर्ण विश्वास छ। वैकल्पिक राजनीतिप्रतिको मेरो विश्वास पनि अटल रहेको छ। राजनीतिमा सामन्तीपारा र डनवादको अन्त्य हुनुपर्छ। यस घटनामा मिडिया ट्रायलबाट भ्रम सिर्जना भई साथीभाइ, शुभेच्छुक र पार्टीप्रति क्षति भएकोमा म दुःख प्रकट गर्दछु। धन्यवाद।

प्रतिक्रिया दिनुस