डिल्लीराज पन्त

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पाटी सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकास विष्ट नेतृत्वमा नयाँ कार्य समिति विस्तार भएको छ । १असारमा भएको प्रथम प्रदेश अधिवेशनबाट सभापतिमा विष्ट निर्वाचित भएका हुन । विष्टले आफ्ना प्रत्यासी जनक सिह धामीलाई दुईसय ४मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका हुन ।

विष्टले तीनसय ५६ र धामीले एकसय ५४ मत ल्याएका थिए । रास्वपा सुप प्रदेशमा रहेका कुल सातसय ८१ मध्ये पाँच सय १३ प्रदेश प्रतिनिधीले मतदान गरेका थिए । पाटी नेतृत्व सहितका अन्य केही भूगोलदेखिका समस्य निर्वाचित एव निर्बिरोध चयन भएका थिए । त्यसपछि पदाधिकारी चयन गरिएको थियो ।

उपसभापतिमा भोजराज जोशी(क्वालिटी), महामन्त्री सन्तोष जोशी , सहमहामन्त्री एव संगठन विभाग प्रमुख पारस बाहुन, सहमहामन्त्री जसु भट्ट , प्रवक्ता तेज ठकुल्ला र कोषाध्यक्ष गणेश बोहरा चयन भएका छन । भने, कञ्चनपुरबाट सदस्य भएका ठकुल्ला प्रदेश प्रवक्ताको जिम्मेबारी दिएको थियो ।

कञ्चनपुरबाट धर्मराज जोशी, गणेश बहादुर सिह निर्वाचित भएका थिए । रास्वपा सुप प्रदेशको नेतृत्व(सभापति)मा पुन चयन भएका प्रकास विष्टले पाटीलाई एकढिक्का भएर अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस