कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले सहप्राध्यापक डा. भुपेन्द्र सिह विष्टलाई दिर्घसेवा पदकबाट सम्मान गरेको छ । बुधबार विश्वविद्यालयको १७औँ स्थापना दिवसको अवसरमा सहप्राध्यापक विष्टलाई दिर्घसेवा पदकबाट सम्मान गरेको हो ।

 

सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कार्यरत सहप्राध्यापक विष्टलाई विश्वविद्यालयमा २५ बर्ष अटुट रुपमा कार्यरत भई विश्वविद्यालयको तौतर्फी विकासमा योगदान पु¥याएको भन्दै प्रमाण पत्र सहित सम्मान गरेको जनाएको । निमित्त उपकुलपति यज्ञराज पाठक, र निमित्त रजिष्ट्रार गोबिन्द विष्यले सहप्राध्यापक विष्टलाई प्रमाण पत्र, मेडल तथा दोसल्ला ओढाएर सम्मान गरेका छन । बहुआयामिक प्रतिभाका धनी सहप्राध्यापक विष्टले प्रिन्सिपलदेखि सेवा आयोगको सदस्यको रुपमा समेत रहेर काम गरिसकेका छन । विश्वविद्यालयले सम्मान गरेपछि सहप्राध्यापक विष्टले कामको मुल्याङकनदेखि थप अभिभारा थपिएको जनाएका छन ।

प्रतिक्रिया दिनुस