कञ्चनपुर । चार महिना अघि कञ्चनपुरका जनताको विश्वास जितेका रास्वपा नेता जनक सिह धामी अहिले पाटीमा नेता कार्यकर्तामा हारेका छन । गत २१फागुन २१मा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा धामी कञ्चनपुर १बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भए । विभिन्न १८ दलका उम्मेदवार उछिन्दै २४ हजार, तीन सय ३२ मत ल्याएर ससद पुगेका धामीलाई नेता कार्यकर्ताहरुले पत्याएनन् ।

रास्वपा अभियान तथा प्रचारप्रसार विभाग केन्द्रीय सदस्य सुमेत रहेका नेता रहेका सासद धामी ९२ दिनमै नेता कार्यकर्ताहरुले प्रदेश नेतृत्वमा ब्रेक लगाईदिएका छन । १ असार ०८३ मा भएको रास्वपा सुदूरपश्चिमको प्रथम अधिवेशनबाट अध्यक्षको दौडमा रहेका धामीलाई प्रकास विष्टले दुईसय ४ मतको अन्तरले हराउँदै अध्यक्षमा विष्ट निर्वाचित भएका छन । विष्टले तीनसय ५८ र धामीले एकसय ५४मत ल्याएका छन । विष्ट रास्पपा सुदूरपश्चिमको संस्थापक पाटी सभापति हुन । उनले गत निर्वाचनमा टिकट पाएनन् ।

सुप प्रदेशको पाटी नेतृत्वको विषयमा कतिपय रास्वपाकै नेता कार्यकर्ताहरुले धामी पाटी सभापति रवि लामिछाने र विष्टले अहिले खेमा परिर्वतन गरेर बरिष्ठ नेता एव प्रधानमन्त्री बालेन शाह खेमाका रहेको बताईरहेका छन । क्षेत्रका जनतादेखि पाटीभित्र र बाहिर उनका शुभचिन्तकहरुले अहिले सासदको जिम्मेबारीमा भएकाले पाटीको समेत जिम्मेबारी नलिएकै राम्रो हुन्थ्यो, भन्ने सुभेच्छा व्यक्त गरिरहेका छन । भने कतिपयले पाटीभित्रको लोकतान्त्रिक अभ्यासकै रुपमा लिएका छन ।

पाटी सभापतिमा पराजित भएपछि धामीले समाजिक सञ्जाल मार्फत लोकतान्त्रिक विधी पद्धती अनुरुप दुवै जना उम्मेदवार बनेको स्पष्ट पार्दैै निर्वाचित विष्टलाई बधाई ज्ञापन गरेका छन । ‘म यस परिणाम बाट बिचलित भएको पनि छैन। पार्टिमा बिचारहरु मर्न दिनु हुदैन। आगामी दिनमा सभापति ज्युले सुदुरपश्चिमको राष्ट्रिय स्वतन्त्र पार्टीलाई मजबुत बनाउदै जनताको पार्टी बनाउनमा अहम भुमिका खेल्नु हुनेछ, ‘धामीले भनेका छन, ‘आगामी प्रदेश र स्थानिय निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउनु हुनेछ भन्ने कुरामा बिश्वस्त छुँ, वहाँलाई पार्टीको जीवनमा दिनु पर्ने सहयोग र पार्टीलाई सँस्थागत रुपमा अगाडी बढाउने क्रममा मेरो पुर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्दछु ।’ रास्वपाको पहिलो महाधिवेशनका लागि पालिका, जिल्ला, प्रदेशको अधिवेशन भईरहेका छन ।

प्रतिक्रिया दिनुस