केशव थापा 

कञ्चनपुर । कञ्चनपुरमा सडक अलपत्र पार्ने एक ठेकेदार कम्पनीमाथि सरकारले डण्डा बजाएको छ । रास्वपा नेतृत्वको सरकारले सडक अलपत्र पार्ने एक ठेकेदार कम्पनीमाथि सरकारले डण्डा बजाएका हो । हुलाकी सडक अलपत्र पार्ने एक ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी(धरौटी) जफत गरिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीले हुलाकी सडक अलपत्र पार्ने एक ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी(धरौटी) जफत गरेको हो ।

 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीका ईन्जिनियर समेत रहेका सुचना अधिकारी गणेश बहादुर बुढाले कञ्चनपुरको दोस्रो खण्ड अन्र्तरगत बाबा हन्स–सिद्धीसाई संयुक्त उपक्रम (जेभी)को बैंक ग्यारेन्टी जफत गरेको बताए ।

 

सुचना अधिकृतरी बुढाले यस अघि ठेक्का रद्द गरिएको र अहिले ७करोड, ७१लाख, ९५ हजार बैंक ग्यारेन्टी(धरौटी) जफत गरेर सरकारको राजस्व खातामा रकम दाखिला गरेको बताए ।

 

कार्यालयसंग ठेक्का सम्झौता म्यादभित्रै काम नगरेपछि ठेक्का तोकिएको सुचना अधिकारी बुढाको भनाई छ । अब लगतै बाँकी कामको ठेक्का प्रकृयामा जाने बताए ।

 

कैलाली कञ्चनपुर जोड्ने हुलाकी सडक बेलौरी–बेलडाँडीको दोस्रो खण्ड ३० महिना अढाई बर्षमा सक्नुपर्ने काम एकसय २०महिना अर्थात १० बर्षसम्म समेत काम नसकेपछि ठेक्का तोकिएको कार्यालयको दावि छ ।

 

३०महिनामा सक्नु्पर्ने काम ७पटक म्याद थप गर्दा समेत हालसम्मै पनि निर्माण कार्य नभएपछि कार्यालयले ठेक्का तोडेको हो । तर पहिलो र दोस्रो खण्डको हुलाकी सडक निर्माण कार्य भने सम्पन्न भएको छ । शुरुवाती चरणदेखि कार्यालय र स्थानीय स्तरबाट पटक पटक समयमै काम गर्न दवाव आएपछि निर्माण कम्पनीले सुनेनसुनेको जस्तो गरेर आलटाल गर्दै आएको थियो ।

 

गत कार्तिकमा ठेक्का किन तोड्ने भन्दै १५ दिने सुचना जारी गरिएको त्यसपछि गत मसिरमा मात्रै ठेक्का तोकिएको हाल जेठमा आएर बैंक ग्यारेन्टी समेत जफत गरिएको छ । बैक ग्यारेन्टी जफत गरेपनि बाँकी कामको हर्जना जफत बारे कार्यालयले स्पष्ट पारेको छैन । गत १४ कात्तिक ०८२ मा ‘ठेक्का किन नतोड्ने ?’ भन्दै योजना कार्यालयले १५ दिने स्पष्टीकरण मागेको थियो। तर व्यवसायीले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नपरेपछि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्ध गरिएको सूचनामा स्पष्ट गरिएको छ। अद्यावधिक कार्यतालिका, स्रोत परिचालन योजना तथा कार्य सम्पन्न गर्ने विश्वसनीय प्रतिबद्धता पेश नगरेको, अधिकृत प्रतिनिधि समेत उपस्थित नभएको र काम सुचारु गर्ने कोणबाट तदारुकता नदेखिएको कार्यालयको निष्कर्ष छ।

 

कार्यालयले निर्माण व्यवसायीलाई १५ दिनभित्र उपस्थित भएर नापजाँच तथा वित्तीय फरफारक पूरा गर्न आग्रह गरेको थियो । निर्धारित समयभित्र उपस्थित नभएमा कार्यालयले एकतर्फी नापजाँच गर्ने चेतावनी पनि दिएको र सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष ०७३÷०७४ मा ठेक्का सम्झौता भएपनि चालु आर्थिक बर्ष ०८२÷०८३सम्म पनि निर्माण कार्य अधुरै रहेको छ । दोस्रो खण्ड अन्र्तरगत करिब २० किलोमिटरमध्ये ५ किलोमिटर मात्र कालोपत्रे बाँकी छ। हालसम्म कुल निर्माण प्रगति करिब ८२ प्रतिशत रहेको कार्यालयले जनाएको छ । सडक अधुरै छाडेपछि दक्षिणी क्षेत्रका सर्वसाधारण हैरान भएका छन । भारतीय पक्षले अवरोध गरिएको बेलौरीको पचुई, कलकत्ता, रिछाह, रतनपुर बजार, झर्नाखोला सहितका स्थानमा काम नगरेपछि सर्वसाधारण हैरान भएका हुन । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले दोस्रो खण्डको ठेक्कारद्द भएसगै समयमै नयाँ खोल्नुपर्नेदेखि दैजी–बेलडाँडी सडक खण्डमा बाहै महिना झाँडी सरसफाई गर्नुपर्नेमा जोडदिएका छन । ठेक्का दिएर काम नगर्नेमाथि यसरी नै एक्सन गरेर कार्बाही गर्नुपर्ने र समयमै काम गर्नेलाई पुरस्कार समेत दिनुपर्ने सरोकारवालाको तीनै तहका सरकारलाई सुझाव छ ।

प्रतिक्रिया दिनुस