कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा उपमेयर आवास कार्यक्रम अन्तर्गत घरहरु निर्माण कार्य सुरु गरिएको छ। चालु आर्थिक वर्षमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकाहरुलाई उपमेयर आवास कार्यक्रम अन्तर्गत २१ वटा घर निमार्ण कार्य अगाडी बढाइएको हो।

आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न समुुदायकाहरुलाई घर निमार्ण गर्न चालु आर्थिक वर्षमा ३४ लाख रकम बिनियोजन गरिएको छ। नगरभित्रका सबै वडालाई समेट्ने गरि आवासहरु निमार्ण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपालिकाकी उपप्रमुख चिनी ओझा गिरीले जानकारी दिइन्। उनले भनिन्–‘आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न समुुदायकाका घरपरिवारलाई छनौट गरि कार्यक्रम अघि बढाएका हौं। गरिबलाई घर दिने उद्देश्यले थालिएको उपमेयर आवास कार्यक्रम संचालन गरिएको बताईएको छ। २१ घर निमार्णमा ३८ लाख ११ हजार ३ सय ४४ कुल बजेट रहेको छ।

जसमध्ये समुदायले ४ लाख ११ हजार ३ सय ४४ रुपिँया ब्यहोर्नु पर्ने छ भने, एक घर निमार्ण गर्न झण्डै १ लाख ८१ हजार ४ सय लाग्ने भएको छ। वडा नं. १ देखि ५ सम्मका वडाहरुमा भवनको जग निमार्ण कार्य भईरहेको दोधारा चाँदनी नगरपालिका कार्यालय प्राबिधिक शाखाका प्राबिधिक बिरेन्द्र बुढाले बताए। बाँकी वडाहरुमा समेत भवनको जग निमार्ण कार्य थालिनी गरिने उनले बताए।

कार्यक्रम अनुसार २ पक्की कोठा एक बरन्डा सहित कर्कट पातका घर निमार्ण गरिने योजना रहेको छ। चालु आर्थिक वर्ष भित्रै उपमेयर आवास कार्यक्रम सम्पन्न गरिने लक्ष्य रहेको बताईएको छ। जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी लिए संगै जनतालाई घरघरमै सिंहदरबार आएको अनुभूति हुन थालेको भन्दै स्थानियहरुले उपमेयर आवास कार्यक्रमलाई निरन्तरता दिन माग समेत गरेका छन्।

प्रतिक्रिया दिनुस