हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बादल र बाँकी भू–भागमा आंशिक बादल रहेको अवस्था छ । शुक्रबार प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। शनिबार देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा र तराईका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुस