सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा सुदूरपश्चिमका थप ३१ जनामा संक्रमण पुस्टि भएको छ। शुक्रबार ६६ जनाको नमूना परिक्षण गर्दा ३१ जनामा संक्रमण पुस्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार संक्रमित हुनेमा कैलालीको धनगढी उप–महानगरपालिकाका २५ जना, घोडाघोडी नगरपालिकाका २ जना, यस्तै टीकापुर नगरपालिका र चुरे गाउँपालिकाका १÷१ जना रहेका छन्। यस्तै डोटी र कञ्चनपुरका समेत १÷१ जनामा संक्रमण पुस्टि भएको छ।

प्रतिक्रिया दिनुस