कोरोनाको दोश्रो कहर फैलिएसँगै नेपाल–भारत जोड्ने झुलाघाट नाकाबाट पाँचहजार नेपाली स्वदेश फर्किएका छन्। एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा स्वदेश फर्किने मध्ये हालसम्म १४ जनामा कोरोना पुष्टि भएको छ। एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न स्थापना गरिएको हेल्थ डेक्समा चैत १० गतेदेखि हालसम्म बताए।
ईन्चार्ज विकले भने, “भारतका ठूला सहर दिल्ली, मुम्बै लगायतका ठाउँबाट आउनेहरुको मात्र कोरोना परीक्षण गर्ने निर्देशन अनुसार काम भईरहेको छ। नाकाबाट हालसम्म पाँचहजार नेपाली स्वदेश फर्किएका छन् । ती मध्ये ४४२ जनाको स्वाब सङ्कलन गरेर एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १४ जना सङ्क्रमित भेटिएका छन्।”कोरोनाको दोश्रो कहर सुरु भएपछि गत चैत १० गतेदेखि झुलाघाट नाकामै स्वाब सङ्कलन गरेर एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु भएको थियो। भारतमा कोरोना बढिरहेकै बेला भारत गएका नेपालीहरु घर फर्किने बक्रम बढेपछि कोरोना परीक्षण थालिएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ।
भारतबाट फर्किदा कोरोना पुष्टि भएका सबै होम आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्राद भट्टले बताए। सङ्क्रमण पुष्टि भएकाहरुमा कुनै लक्षण नदेखिएकोले स्थानीय तहको स्वास्थ्य शाखाको निगरानीमा होम आईसोलेसनमा राखिएको भट्टले बताए। कोरोनाको दोश्रो करहसँगै भारतबाट आएका १४ जना, दशरथचन्द नगरपालिका, दोगडाकेदा गाउँपालिका र पञ्चेश्वर गाउँपालिका गरि बैतडीमा कुल १७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी महेन्द्र रावलले बताए। कोरोनाको सङ्क्रमण बढ्दो अवस्थामा रहेकोले स्थानीय तहको सरकारले समयकमै क्वारेन्टाईन व्यवस्थापन गर्न आग्रह गरिएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।