कञ्चनपुरको भीमदत्तनगरपालिकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन अपिल गरेको छ। विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण अवस्था भयावह हुन सक्ने तर्फ सचेत गराउँदै नगरपालिकाले नगरवासीमा संवेदनशील भइदिन अनुरोध गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि सिह धामीद्धारा शुक्रवार जारी गरिएको पत्रमा भिडभाड हुने क्षेत्र सभा, सम्मेलन, जात्रा, बैठक, भेलाहरूमा सहभागी नहुन अपिल गरिएको छ। कम्तीमा २ मिटर भौतिक दुरी कायम गर्न नगरपालिकाले अनुरोध गरेको हो।
स्वास्थ्यका मापदण्डको पुर्ण रुपमा पालना, समय समयमा साबुन पानिले २०–३० सेकेण्ड मिचिमिची हात हनहुन अनुरोध गरिएको छ। रुघाखोकी, ज्वरो, श्वास फेर्न समस्या, घाँटी दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई चेकजाँच गराउन अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुस