कञ्चनपुरको भीमदत्तनगरपालिकालाई शुक्रवार पूर्ण खोप सुनिश्चितता पालिका एवंम दिगोपना घोषणा गरिएको छ। १९ वटै वडाका २३ महिना भित्रका बालबालिकाले सबै खोप लगाइसकेकाले यस वर्ष नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एवंम दिगोपना घोषणा  घोषणा गरिएको हो।

नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ उपशाखाका जनस्वास्थ्य निरीक्षक भीम सिंह महराले नगरभित्रका जन्मेदखी २३ महिना सम्मका ४ हजार ४ सय ४३ बालबालिकाले पूर्ण रूपमा खोप लगाएका बताए। जन्मेदखी १५ महिना सम्मका २ हजार ७ सय बालबालिकाले खोप लगाएका र १६ महिना देखी २३ महिना सम्मका १ हजार ६ सय २ बालबालिकाले दादुरा, रुवेलाको दोस्रो मात्रामा खोप लगाएका उनले बताए।

प्रत्येक वडाले बालबालिकाहरूले खोप लगाइसकेको जानकारी गराएपछि जिल्ला समन्वय समिति कञ्चनपुरको निर्देशना अनुसार यस वर्ष नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एवंम दिगोपना घोषणा गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुस