भारतमा कोरोना संक्रमितको आँकडामा दैनिक नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक २ लाख ६० हजार ५३घ नयाँ संक्रमितको पहिचान भएको छ । यसअघि शुक्रबार २ लाख ३३ लाख संक्रमित भेटिएका थिए। पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार १५६ मानिसहरुले कोरोनालाई मात दिए भने १४ सय ९२ को मृत्यु भएको छ।

शनिबार जुन राज्यमा सबैभन्दा बढी संक्रमित भेटिए त्यसमा महाराष्ट्र (६७,१२३), उत्तर प्रदेश (२७,३३४), दिल्ली (२४,३७५), कर्नाटक (१७,४८९) र छत्तीसगढ (१६,०८३) समावेश छन् । सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको आँकडा पनि लगातार बढिरहेको छ । पछिल्ला दिनमा यसमा १.२० लाखको वृद्धि भएको छ। हाल भारतमा १७ लाख ९३ हजार ९७६ जनाको उपचार चलिरहेको छ। दिल्लीमा डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेशनले ५ सय शैय्याको कोभिड अस्पताल तयार गरेको छ। यहाँ ठूलो संख्यामा अक्सिजन र भेन्टिलेटर बेड उपलब्ध छन्।

यहाँ मानिसहरुको उपचार निःशुल्क गरिनेछ । न्यूरो र कार्डिकको केस आउँदा बिरामीलाई एम्स अस्पताल रिफर गरिनेछ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा अक्सिजन र रेमडेसिपिरको कमी भएको बताएका छन् । उनले दिल्लीमा आइसीयू बेड सिमित संख्यामा भएको बताएका छन् । अक्सिजन र आइसीयू बेड तीब्र रुपमा कम भइरहेका छन् । थुप्रै शहरमा लकडाउनका कारण पलायनजस्तो स्थिति बनेको छ । यस्तोमा रेलमा भीड बढेको छ । यसलाई मध्यनजर गर्दै रेलवेले विशेष गाइडलाइन्स जारी गरेको छ ।

प्रतिक्रिया दिनुस